
काठमाडौं, ११ असाेज। एमजी मोटर नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले आगामी चाडपर्वलाई लक्षित गर्दै विशेष छुट तथा सुविधा योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ (Drive More, Celebrate More) नाम दिएर यो अफर बजारमा ल्याएको हो।
यस अफरअन्तर्गत ग्राहकहरूले एमजीका विभिन्न मोडलका गाडी खरिद गर्दा ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ। असोज ६ गतेदेखि सुरु भएको यो योजना छठ पर्वसम्म लागू हुनेछ।
अफर अवधिभर एमजीका गाडी खरिद गर्ने ग्राहकले निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क १ वर्षको सडक कर, सहज एक्सचेन्ज सुविधा (Easy Exchange) तथा ईजी फाइनान्स जस्ता आकर्षक सुविधाहरू प्राप्त गर्नेछन्।
यो योजना एमजीका चर्चित मोडलहरू एमजी एचएस पीएचईभी/एचईभी, एमजी यू९ ईभी, एमजी आईएम६, एमजीएस६ ईभी, एमजीएस५ ईभी र एमजी४ मा उपलब्ध गराइएको छ।
कम्पनीका अनुसार एमजीएस६ ईभीमा १८० किलोवाट क्षमताको मोटर, रियर ह्विल ड्राइभ (RWD), इन्डिपेन्डेन्ट रियर सस्पेन्सन र एकपटकको फुल चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज रहेको छ। त्यसैगरी, एमजीएस५ ईभीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
चाडपर्वको अवसरमा नयाँ विद्युतीय तथा हाइब्रिड गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई ध्यानमा राखेर यो योजना ल्याइएको कम्पनीले बताएको छ। अफर तथा उपलब्ध मोडलहरूबारे थप जानकारीका लागि नजिकैको एमजी शोरुममा सम्पर्क गर्न सकिनेछ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




