ट्रयाङ्क्युलिटी स्पाले पायो आइएसपीएकाे सदस्यता

-



     सफल आवाज    
     असाेज २३ गते २०८३ मा प्रकाशित




काठमाडौं, २३ असाेज। नेपालमा करिब २० वटा आउटलेटमार्फत सेवा सञ्चालन गर्दै आएको ट्रयाङ्क्युलिटी स्पाले विश्वकै प्रतिष्ठित स्पा तथा वेलनेस संस्था अन्तर्राष्ट्रिय स्पा एशाेशियशनकाे सदस्यता प्राप्त गरेको छ ।

आइएसपीएको सदस्यता प्राप्त गर्ने नेपालकाे पहिलो स्पाका रूपमा ट्रयाङ्क्युलिटी स्पा अन्तर्राष्ट्रिय स्पा तथा वेलनेस समुदायमा जोडिएको छ । यो उपलब्धि एउटा व्यावसायिक संस्थाको सदस्यतामा मात्र सीमित नभई नेपालको स्पा तथा वेलनेस उद्योग अन्तर्राष्ट्रिय जगतमा महत्वपूर्ण कोसेढुंगाका रूपमा स्थापित भएकाे कम्पनीले जनाएकाे छ।

विश्वभरका स्पा तथा वेलनेस व्यवसाय, व्यावसायिक संस्था, विज्ञ तथा विशेषज्ञहरूलाई एउटै नेटवर्कमा जोड्दै आएको आइएसपीएको सदस्यताले ट्रयाङ्क्युलिटीलाई विश्वका विभिन्न बजारमा विकसित भइरहेका अन्तर्राष्ट्रिय सेवा मापदण्ड, व्यवस्थापन प्रणाली, अनुसन्धान, प्रशिक्षण, नवीनतम प्रविधि तथा वेलनेससम्बन्धी विश्वव्यापी प्रवृत्तिहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्राप्त भएको छ ।

ट्रयाङ्क्युलिटी स्पाका संस्थापक सुरेश पुरीले आइएसपीएको सदस्यता पाएसँगैं अब कर्मचारीको क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण, ज्ञान आदान–प्रदान तथा नयाँ प्रविधि र सेवा प्रणालीको प्रयोगलाई प्राथमिकता दिने बताए ।

आइएसपीएको सदस्यता नेपालको स्पा उद्योगलाई विश्वस्तरमा पुर्याउने महत्वपूर्ण उपलब्धि भएकाे उनले बताएका छन। अब हामीले विश्वका अग्रणी स्पा तथा वेलनेस व्यवसाय र विज्ञहरूसँग प्रत्यक्ष रूपमा अनुभव आदान–प्रदान गर्ने र अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा भित्र्याउने अवसर पाएका छौँ, पुरीले भने ।

नेपाल प्राकृतिक सौन्दर्य, हिमाली वातावरण, योग, ध्यान, आयुर्वेद तथा विविध सांस्कृतिक सम्पदाका कारण वेलनेस पर्यटनका लागि उच्च सम्भावना बोकेको मुलुक हो ।

पछिल्लो समय विश्वभर स्वास्थ्य, मानसिक शान्ति, आत्म–हेरचाह र समग्र जीवनशैलीसँग जोडिएको वेलनेस पर्यटनको माग बढ्दै गएको अवस्थामा नेपालले आफ्नो प्राकृतिक तथा सांस्कृतिक विशेषतालाई आधुनिक स्पा तथा वेलनेस सेवासँग जोड्न सकेमा नयाँ अन्तर्राष्ट्रिय पर्यटन बजार विकास गर्न सक्ने ठूलो सम्भावना रहेको संस्थापक सुरेश पुरी बताउछन ।

नेपालमा वेलनेस पर्यटनको सम्भावना बढ्दै गएको र सरकारले आरोग्य वर्ष २०२७ घोषणा गरेको सन्दर्भमा यस प्रकारको अन्तर्राष्ट्रिय सहकार्यले नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।