
काठमाडौं, १६ कात्तिक। नेपाल चेम्बर अफ कमर्सले ‘भाइब्रेन्ट गोवा ग्लोबल बिजनेस समिट–२०२६’ मा अन्तरराष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव गरेको छ । भारतको गोवामा अक्टोबर २९ देखि ३१ सम्म आयोजित सम्मेलनमा चेम्बरले अन्तरराष्ट्रिय व्यावसायिक सहकार्य प्रस्ताव गरेको चेम्बरले जनाएको छ ।
लुम्बिनी चेम्बरका अध्यक्ष टङ्कप्रसाद पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले सम्मेलनका क्रममा नेपाली टोलीले अन्तरराष्ट्रिय व्यावसायिक सञ्जाल विस्तार, पर्यटन प्रवर्द्धन तथा लगानीका सम्भावनाबारे विभिन्न पक्षसँग छलफल गरेको हो । गोवाका मुख्यमन्त्री डा प्रमोद सावन्तसँगको भेटवार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले अन्तरराष्ट्रिय व्यावसायिक सहकार्यसँगै लुम्बिनी–गोवा पर्यटन सर्किट र पोखरा–गोवा पर्यटन साझेदारीको सम्भावनाबारे प्रस्ताव राखेको चेम्बरले जनाएको छ ।
मुख्यमन्त्री डा सावन्तले लुम्बिनी, पोखरालगायतका नेपालका पर्यटकीय क्षेत्र र गोवाबीच पर्यटन साझेदारी अघि बढाउने प्रस्ताव स्वागतयोग्य रहेको उल्लेख गर्नुभएको थियो । गोवाको डा श्यामाप्रसाद मुखर्जी इन्डोर स्टेडियममा आयोजित तीनदिने सम्मेलनमा विभिन्न देशका सयौँ अन्तरराष्ट्रिय प्रतिनिधि र व्यावसायी सहभागी थिए ।
सो अवसरमा चेम्बर प्रतिनिधिमण्डलले विभिन्न देशका व्यवसायी एवं लगानीकर्तालाई नेपालमा लगानीको अवसरबारे जानकारी गराउँदै उद्योग, व्यापार र लगानीका क्षेत्रमा सहकार्य गर्न आग्रह गरेको थियो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




