
पोखरा, २० कात्तिक । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा बैंकिङ तथा वित्तीय क्षेत्रका अनुभवी व्यक्तित्व विश्वराज बराल नियुक्त भएका छन ।
संस्थाको सञ्चालक समितिको मिति २०८३ कार्तिक १९ गते बिहीबार बसेको सञ्चालक समितिको २३२औँ बैठकले बराललाई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन हुने गरी स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको वित्तीय संस्थाले जानकारी गराएको छ ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका बरालले नेपाल बैंक लिमिटेड,
राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, राष्ट्रिय बीमा कम्पनी लिमिटेड तथा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडमा सञ्चालक समितिको सदस्यका रूपमा समेत कार्य गरिसकेका छन ।
त्रिभुवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका बरालले बैंकिङ व्यवस्थापन, जोखिममा आधारित लेखापरीक्षण, कर्जा व्यवस्थापन, सम्पत्ती शुद्धीकरण निवारण, बैंकिङ सुपरिवेक्षण तथा अनुपालन लगायतका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिम र व्यावसायिक कार्यक्रममा सहभागिता जनाएका छन ।
बैंकिङ, वित्तीय तथा वीमा क्षेत्रमा हासिल गर्नुभएको लामो अनुभव, संस्थागत सुशासन, जोखिम व्यवस्थापन, रणनीतिक योजना, आन्तरिक नियन्त्रण तथा अनुपालन सम्बन्धी विज्ञताको उपयोगबाट ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको संस्थागत सुशासन, रणनीतिक व्यवस्थापन तथा समग्र कार्यसम्पादन अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने संस्थाले विश्वास लिएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




