
काठमाडाैं, २७ मंसिर । नेपाल राष्ट्र बैंकले कार्यक्षमता मूल्याङ्कन र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागले कात्तिक २७ गते एक सूचना जारी गर्दै प्रशासन तथा प्राविधिक सेवातर्फका कुल ८५ पदका लागि आवेदन माग गरेको हो।
नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधन समेत) को विनियम ५२ बमोजिम २०८३ असार मसान्तसम्म बढुवाका लागि सम्भाव्य भएका उम्मेदवारहरूले आवेदन दिन सक्नेछन्। योग्य उम्मेदवारहरूले आगामी मङ्सिर १७ गतेभित्र बैंकको वेबसाइटमा रहेको ‘CAREER’ भित्रको अनलाइन पोर्टलमार्फत दरखास्त पेश गर्नुपर्नेछ।
बैंकका अनुसार कार्यक्षमता मूल्याङ्कनतर्फ प्रशासन सेवामा ५३ जना र प्राविधिक सेवामा २ जना गरी कुल ५५ पदमा बढुवा गरिनेछ। जसअन्तर्गत प्रशासन सेवातर्फ निर्देशक (अधिकृत प्रथम) ५ जना, उप-निर्देशक (अधिकृत द्वितीय) २६ जना, सहायक निर्देशक (अधिकृत तृतीय) ६ जना र प्रधान सहायक (सहायक प्रथम) १६ जना रहेका छन्। त्यस्तै, प्राविधिक सेवातर्फ सहायक निर्देशक (प्रेस) १ जना र सहायक निर्देशक (चालक) १ जना माग गरिएको छ।
यसैगरी, आन्तरिक प्रतियोगितात्मक परीक्षा (प्रशासन सेवा) तर्फ कुल ३० पदमा दरखास्त आह्वान गरिएको छ। जसमा निर्देशक २ जना, उप-निर्देशक ११ जना, सहायक निर्देशक ७ जना र प्रधान सहायक १० जना रहेका छन्।
आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गरिने पदहरूको लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्ने बैंकले जनाएको छ। दुवै प्रक्रियाबाट आवेदन दिनका लागि उम्मेदवारहरूले कुनै पनि दरखास्त दस्तुर बुझाउनु नपर्ने सूचनामा उल्लेख छ। रित नपुगी आएका दरखास्तमाथि कुनै कारबाही नहुने समेत बैंकले स्पष्ट पारेको छ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




