
वीरगञ्ज (पर्सा), ३ मङ्सिर। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार गत कात्तिकमा रु १७ अर्ब ७९ करोड राजस्व सङ्कलन भएको छ । सो महिनामा रु १७ अर्ब ६४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो ।
भन्सार कार्यालयले लक्ष्यभन्दा रु १५ करोड बढी सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले जानकारी दिनुभयो । गत कात्तिकमा पेट्रोलियम पदार्थ, औद्योगिक कच्चापदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, खाद्यान्न, फलामलगायत विभिन्न व्यापारिक वस्तुको आयातबाट सबैभन्दा बढी राजस्व सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।
सो भन्सार कार्यालयले गत भदौदेखि लगातार लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ । असोज महिनामा मात्रै कार्यालयले रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको थियो । कार्यालयले वार्षिक लक्ष्यको करिब ३० प्रतिशत राजस्व सङ्कलन गरिसकेको प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिनुभयो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




