एनआईसी एशिया बैंकले २:१ अनुपातमा हकप्रद शेयर ल्याउदै, मंसिर ११ मा बुक क्लोज

-



     सफल आवाज    
     मंसिर ३ गते २०८३ मा प्रकाशित



काठमाडौं, ३ मंसिर । एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि आगामी मंसिर ११ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ। बैंकले एक सूचना जारी गर्दै उक्त मितिमा एक दिनका लागि बुक क्लोज गरिने जानकारी दिएको हो।

बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका १४ करोड ९१ लाख ७५ हजार ६६९.२२ कित्ता साधारण शेयरको २ः१ (विद्यमान २ कित्ता साधारण शेयर बराबर नयाँ १ कित्ता साधारण शेयर) अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

यसअनुसार बैंकले ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयरका मुख्य विवरणहरू

विवरणजानकारी
कम्पनीको नामएनआईसी एशिया बैंक लिमिटेड (NICA)
हकप्रद अनुपात२:१ (विद्यमान २ कित्ता बराबर नयाँ १ कित्ता)
निष्काशन गरिने कित्ता७,४५,८७,८३५ कित्ता
निष्काशन रकमरु. ७,४५,८७,८३,५०० (प्रति शेयर रु. १०० अंकित दर)
बुक क्लोज मितिमंसिर ११ गते (एक दिन)
हकप्रद दाबी गर्न पाउने अन्तिम मितिमंसिर १० गते (बुक क्लोजअघिको कारोबार दिन)

बुक क्लोजको व्यवस्थाअनुसार मंसिर ११ गतेभन्दा अघिल्लो कारोबार दिन अर्थात् मंसिर १० गते सम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर खरिद-बिक्री भई कायम रहेका शेयरधनीहरूले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।

साथै, बैंकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा व्यापारी) हरूलाई समेत यसै सूचनालाई आधार मानी शेयर ‘सीएम पुल एकाउन्ट’ (CM Pool Account) मा नराखी सम्बन्धित खरिदकर्ता शेयरधनीहरूको हितग्राही (डिम्याट) खाता मा अविलम्ब हस्तान्तरण गरिदिन आग्रह गरेको छ। तोकिएअनुसार शेयर हस्तान्तरण नभएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी बैंक, शेयर रजिष्ट्रार वा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकले नलिने सूचनामा स्पष्ट पारिएको छ।