
मकवानपुर, ३ मङ्सिर । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्।
आज बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथअन्तर्गत भीमफेदी खण्डबाट अनियन्त्रित भई राप्ती खोलामा खसेर दुर्घटना भएको हो।
चालकसहित १० जना सवार रहेको उक्त सुमो खोलामा खस्दा तीन जनाको घटनास्थलमै वा उद्धारका क्रममा मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ।
दुर्घटनालगत्तै सुरक्षाकर्मी र स्थानीयको सहयोगमा घाइते तथा मृतकको उद्धार गरी उपचार र शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइएको छ। मृतक तथा घाइतेहरूको सनाखत र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्कियो, दुई युवकको मृत्यु
भद्रपुर (झापा) काे बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ । विर्तामोडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकका अनुसार धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिका बुट्टावारीका अशोक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको हो । यो घटना गएरातिको हो ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
घोराही (दाङ), काे लमहीबाट गढवातर्फ गइरहेको मोटरसाइकल राप्ती पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार गढवा गाउँपालिका–६ रामपुरका १९ वर्षीय रोहित सुनारको मृत्यु भएको हो । आज बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सोही स्थानका १८ वर्षीय राहुल थापा र नवीन गुरुङ घाइते भएका छन् ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




