
काठमाडौं, ४ मंसिर । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सामान्य अंकले सकारात्मक रहेको बजारमा शुक्रबार भने गिरावट आएको हो ।
यस दिन नेप्से परिसूचक ७.३८ अंक (०.२८ प्रतिशत) ले घटेर २६२१.२९ विन्दुमा झरेको छ । त्यस्तै, फ्लोट इन्डेक्स ०.३१ अंकले घटेको छ भने सेन्सेटिभ इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स दुवै ०.०७ अंकले बढेका छन् ।
परिसूचक घटेपनि यस दिन कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । बिहीबार ३ अर्ब ८७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा शुक्रबार ३५२ स्टकको ३९ हजार ९६६ पटकको कारोबारमा ३ अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँबराबरको १ करोड ६ लाख २ हजार कित्ता सेयर किनबेच भएको छ ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरू
शुक्रबार दोल्ती पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ५.१४ प्रतिशतले बढेको छ । त्यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने अन्य स्टकहरूको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ ।
अर्कोतर्फ, कारोबारमा आएको मुक्तिनाथ म्युचुअल फण्ड २ को इकाईमूल्य सर्वाधिक ८.५० प्रतिशतले घटेको छ । त्यसैगरी, पाल्पा सिमेन्ट इन्डष्ट्रीजको सेयरमूल्य साढे ६ प्रतिशतले ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा शीर्ष कम्पनीहरू
कारोबार रकमका आधारमा यस दिन ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको २० करोड २२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको करिब १५ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ ।
उपसमूहगत अवस्था
कारोबारमा आएका १३ उपसमूहमध्ये शुक्रबार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंकले बढेको हो । होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक १.३९ प्रतिशतले घटेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




