
ओटावा, ६ मङ्सिर । क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक रूपमा आबद्ध भएको छ । यससँगै क्यानडा उक्त कोषमा सहभागी हुने २५औँ नेटो सदस्य राष्ट्र तथा उत्तर अमेरिकाबाट आबद्ध हुने पहिलो देश बनेको छ ।
क्यानडाका रक्षामन्त्री डेभिड म्याकगिन्टीले शनिबार कोषमा आबद्धतासम्बन्धी वार्ता सम्पन्न भएको र क्यानडा औपचारिक रूपमा सदस्य बनेको घोषणा गर्नुभएको हो । क्यानडाको राष्ट्रिय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार कोषमा आबद्धतासँगै क्यानडाले १० करोड क्यानडेली डलरभन्दा बढी (करिब सात करोड अमेरिकी डलर) योगदान गर्नेछ । उक्त रकमबाट कोषले क्यानडाका स्टार्टअप कम्पनी तथा विभिन्न लगानी कोषमा लगानी गर्न सक्नेछ ।
मन्त्रालयका अनुसार क्यानडाको सहभागिताले त्यहाँका रक्षा प्रविधि क्षेत्रमा काम गर्ने नवप्रवर्तकहरूलाई एक अर्ब युरोभन्दा बढी (करिब एक अर्ब १० करोड अमेरिकी डलर) लगानीयोग्य पुँजीमा पहुँच उपलब्ध गराउनेछ ।
यसले क्यानडाका रक्षा प्रविधि विकासकर्ता तथा उद्यमीहरूलाई लगानीका नयाँ अवसर प्रदान गर्नुका साथै युरोपेली नेटो सदस्य राष्ट्रहरूसँग रक्षा क्षेत्रमा लगानी सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।क्यानडाको सहभागिताले नेटोअन्तर्गत रक्षा प्रविधि, नवप्रवर्तन र रणनीतिक लगानीमा अन्तर्राष्ट्रिय सहकार्य थप मजबुत हुने विश्वास गरिएको छ ।








काठमाडौँ, ६ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सुर्खेत, ६ मङ्सिर। बहुप्रतिक्षित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली…
खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय… 




