
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि उकालो लागिरहेको बजारले बुधबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।
यस दिन नेप्से परिसूचक ८.७० अंकले बढेर २६४७.६५ विन्दुमा पुगेको छ । नेप्सेसँगै अन्य सूचकहरूमा पनि सुधार देखिएको छ । जसअनुसार सेन्सेटिभ इण्डेक्स २.०७ अंक, फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५९ अंकले बढेका छन् ।
परिसूचकसँगै बजारमा कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार ५ अर्ब ५५ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको बजारमा बुधबार ३५६ स्टकको ५२ हजार ६६९ पटकको कारोबारमा ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रुपैयाँबराबरको १ करोड ६५ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

बुधबार मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य सर्वाधिक १०.९८ प्रतिशतले बढेको छ । त्यस्तै, हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य साढे ८ प्रतिशत र कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशतले उकालो लागेको छ । यस दिन मूल्य घट्ने स्टकहरूको गिरावट दर भने साढे ३ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकमका आधारमा हिमालयन उर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३४ करोड ७४ लाख ७६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, कुमारी बैंकको २२ करोड रुपैयाँभन्दा बढी र ग्लोबल आइएमई बैंकको करिब १८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
कारोबारमा आएका १३ उपसमूहमध्ये बुधबार १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग, विकास बैंक, वित्त, जलविद्युत, लगानी, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य अंकले बढ्दा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य अंकले ओरालो लागेको छ ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण… 



