सन् २०३० देखि भल्वोका इलेक्ट्रिक कार उत्पादन हुने, फोर्ड र ल्याण्डरोभर पनि लाइनमा

-



     सफल आवाज    
     फागुन २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ फागुन । भल्वो कार निर्माता कम्पनीले इलेक्ट्रिक कार निर्माण गर्ने कम्पनीकाे योजनालाई सार्वजनिक गरेको छ ।

सन् २०३० देखि कम्पनीले इलेक्ट्रिक कार निर्माण गर्ने योजना सार्वजनिक गरेको हो । कम्पनीले पेट्रोल तथा डिजेलबाट चल्ने गाडीको निर्माणलाई बन्द गर्ने भएकोले इलेक्ट्रिक कार निर्माणको योजनालाई अगाडी सारेको हो । चीनको स्वामित्वमा रहेको भल्वो कार प्रिमियम कार निर्माता कम्पनीमा आवद्ध रहेको छ ।

भल्वो कार निर्माता कम्पनी स्वीडेनको प्रमुख कार निर्माता कम्पनी हो । कम्पनीले सन् २०२५ सम्म ५० प्रतिशत इलेक्ट्रिक कारले बजार ओगट्ने दावि गरेको छ । कम्पनीका अनुसार कार अनलाइन माध्यमबाट खरिद गर्न सकिने भएको छ ।

उता फोर्डका सबै गाडीहरु पनि सन् २०३० इलेक्ट्रिक हुने जनाईएको छ भने टाटा मोटर्स सहभागि ब्रिटिश अटोमोबाइल कम्पनी ज्यागुअर ल्याण्डरोभरका सबै लक्जरीयस ब्राण्डका गाडीहरु पनि सन् २०२५ सम्म इलेक्ट्रिक बनाईने भएको छ । सबै कारहरु सन् २०३० सम्ममा इलेक्ट्रिक मोडकलका बन्ने भएका छन् ।