
पोखरा, १ जेठ । हिमालय अर्गनाइजेसन तथा आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष पाेखराका स्थापित युवा व्यवसायी ध्रुव थापाले फोर्स माेटर्सका ३ वटा जिप काेभिडका बिरामीकाे सेवाका लागि निशुल्क प्रदान गरेका छन्।
कोभिड महामारीको दोस्रो लहरसँगै संक्रमित दिनप्रतिदिन बढिरहेकाे अवस्थामा उनले ग्रामिण क्षेत्रका काेभिडका बिरामीले प्रयाेग गर्ने गरी काेभिड अवधिभर ती जिप निशुल्क प्रयाेग गर्न दिने घाेषणा गरेका हुन्।
अध्यक्ष ध्रुवबहादुर थापा र प्रबन्ध निर्देशक मिलन थापाले फोर्स माेटर्सका २ वटा जिप शनिबार नेपाली काँग्रेस कास्कीलाई हस्तान्तरण गरे। अर्काे १ थान फोर्स जिप लायन्सले पोखरा महानगरपालिकाको सहकार्यमा लेखनाथमा स्थापना गर्न लागेकाे १ सय बेड क्षमताको कोभिड अस्पतालका लागि छिटै हस्तान्तरण गर्ने थापाले बताए ।

कोभिडको विषम परिस्थितिमा बिरामीहरुलाई गाउँहरूबाट हस्पिटलसम्म पुर्याउन सहज हाेस भन्ने उदे्श्यले यी फोर्स जिप एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी सहयोग गरेको बताइएकाे छ।


विभिन्न गाउँपालिका तथा ग्रामीण क्षेत्रबाट कोभिड बिरामी बोक्न जिप प्रयोग गर्ने शर्तमा काेभिड अवधिभर ती गाडी शनिबार नेपाली काँग्रेस कास्कीमार्फत् सहयाेग गरिएकाे अध्यक्ष थापाले बताए ।
हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टल प्रालि फोर्स माेटर्सकाे नेपालकाे लागि आधिकारिक बिक्रेता हाे।
थापा नेपालमा २०७२ सालमा विनासकारी भूकम्प गएकाे वर्ष लायन्स ३२५ बि १ को डिस्ट्रिक्ट गभर्नर थिए । त्यसबेला पनि उनले करिब १ करोड मूल्य बराबरका फोर्स मोटर्सका ३ वटा अत्याधुनिक एम्बुलेन्स गण्डकी, धौलागिरी र बागमती क्षेत्रमा संचालन गर्ने गरी निशुल्क सहयोग गरेका थिए । जुन एम्बुलेन्सले अहिलेसम्म पनि निरन्तर सेवा पुर्याइरहेका छन् ।
पाेखराका सफल युवा व्यवसायी थापा सामाजिक कार्यमा सधैँ अग्रस्थानमा रहेर सहयाेग गर्ने सामाजिक व्यक्तित्वको रूपमा चिनिन्छन्।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




