
बेइजिङ, १४ जेठ । चिनियाँ विदेश मन्त्री वाङ यी र बृटिश विदेश मन्त्री डोमिनिक राबबीच बिहीबार फोनवार्ता भएको छ । वार्ता भएको कुरा चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुबीच द्धिपक्षीय हितका विभिन्न विषयवस्तुहरुका साथै अन्य चासोका बारेमा कुराकानी भएको थियो ।
चिनियाँ विदेश मन्त्री यीले गत वर्षमात्र पनि चिनिया राष्ट्रपति सि जिनपिङ र बृटिश प्रधानमन्त्री बोरिस जोन्सनबीच दुई पटकसम्म फोनमा कुराकानी भएको थियो । विदेशमन्त्री यीले बिहीबार दुई देशका विदेशमन्त्रीबीच भएको कुराकानी तथा गत वर्ष पनि चिनियाँ राष्ट्रपति र बृटिश प्रधानमन्त्रीका बीचमा भएको कुराकानीबाट यी दुई देश बीच असल सम्बन्ध रही आएको कुरा प्रमाणित हुने कुरा बताए ।
उनीहरुबीच अहिले कोभिड १९ का कारणले दुवै देशमा पारेको प्रभावका साथै यसका कारण उत्पन्न परिस्थितिका बारेमा कुराकानी भएको बताइएको छ । साथै दुई देशबीचको आन्तरिक व्यापारिक साझेदारीका साथै अन्य आर्थिक विषयमा पनि कुराकानी भएको जनाइएको छ ।








ओटावा, ६ मङ्सिर । क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक…
खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को… 




