
काठमाडौं, ७ असार । यामाहा मोटरसाईकलका पारखिहरुको लागि एफजेडएस भी ३ आधारमा डिजाई गरिएको यामाहा एफजेड एक्स सिरिजको मोटरसाइकल भारतीय बजारमा सार्वजनिक भएपछि नेपालमा छिट्टै आयात हुने अपेक्षा बढेको छ ।
यामाहा कम्पनीले रेट्रो डिजाईनमा यामाहा एफजेड एक्स मोटरसाईकल उच्च नयाँ प्रविधियुक्त र विभिन्न फिचरसहित निर्माण गरेको जनाएको छ ।
यो मोटरसाईकलमा एलइडि डिस्प्ले, हेड ल्याम्प, व्लुटुथ कनेक्सन, मोनोसक सस्पेन्स, डिस्क ब्रेक लगायतका विशेषता रहेका छन् । यस मोटरसाईकलमा १४९ सीसी को एफआई इन्जिन छ । जसको कारण ७२५० आरपीएममा १२.४ पीएस पावर र ५५०० आरपीएममा १३.३ एनएम टर्क दिनेगर्छ ।
भारतीय बजारमा यो मोटरसाईकलको मूल्य १ लाख १७ हजार रहेको छ । त्यहाँ यसको बजारिकरण भईसकेकोले नेपालमा छिट्टै आयात हुने आशा गरिएको छ । याे नेपालमा अबकाे ४, ५ महिनामा आउने शंभावना बढेकाे छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




