टाटाको नेक्सन एसयूभि गाडी नेपालमा ल्याईदैं

-



     सफल आवाज    
     असार १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ असार । नेपाल सरकारले यस आर्थिक वर्षको वजेटमा विद्युतीय सवारी साधनको आयातमा छुटको व्यवस्था गरेपछि इलेक्ट्रिक गाडीहरूको आयातमा व्यवसायीको चासो बढेको छ । छुटको कारण भन्सामा रोकिएका गाडीहरु पनि नेपाल भित्रन लागेका छन ।

व्यवसायीले विद्युतीय गाडीहरुको मूल्य पनि घटाउन लागेका छन् । यसैबीच नेपाली बजारमा छिट्टै टाटाकाे नेक्सन एसयूभि ल्याउन लागिएको छ । सिप्रदी ट्रेडिङले नेक्सनको विद्युतिय यसयूभि गाडीको बिक्री खुलाउने तयाारी गरेको हाे ।

टाटा मोटर्सको आकर्षक र आधुनिक जिट्रोन प्रविधिमा तयार गरिएको गाडी आरामदायी रोमाञ्चकारी यात्रा तथा वायुप्रदुषण नगर्ने क्षमताको रहेको छ ।

यो गाडीमा व्याट्री एक पटक चार्ज गरेपछि ३०० किलोमिटरको यात्रा पूरा गर्न सक्छ । यसको चार्ज अवधि ८ घन्टा रहेको छ भने प्रति घन्टा १०० किलोमिटर गुड्न सक्छ । नेपालमा यसको मूल्य ४५ लाखसम्म पर्न सक्ने जनाईएको छ । टाटा मोटर्सको अआधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले छिट्टै बुकिङ खुल्ला गर्ने भएकाे छ ।