
काठमाडौं, २ साउन । आकर्षक डिजाईनको रेनो काइगर कार नेपालमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारीक बिक्रेता एड्भान्स अटोमोबाइलले गाडीका सौखिन क्रेताहरुको लागि गाडी सार्वजनिक गरेको हो ।
भारतमा निकै लोकप्रिय भएको रेनो काइगरले पनि नेपाली बजारमा राम्रै स्थान ओगट्ने अपेक्षा गरिएको छ । रेनो काइगरको डिजाइन एग्रेसिभ मुडको रहेको छ ।
यसमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम, रनो सिग्नेचर ग्रिल, स्पोर्टी रुफलाइन, हाइ माउन्टेड टपल्याम्प, डायमण्ड कट अलोय ह्वील, ड्इुल टोन ड्यासबोर्ड लगायतका विशेषता रहेका छन् ।
यात्रालाई आनन्ददायी र मनोरञ्जन दिलाउन ८ इन्चको इन्फोटेन्टमेन्ट प्रणाली जडान गरिएको छ । जो वायरलेस एप्पल कार प्ले र एन्ड्रोइडमा अटो सपोर्ट गर्छ । यो गाडी सीएमएफ ए प्लस प्लेटफर्ममा विकास गरिएको छ ।
चालकले रेनो काइगरलाई नर्मल, इको र स्पोर्टसहित तीनवटा मोडमा चलाउन सक्नेछन् । यो ६ वटा कलरमा उपलव्ध छ भने नेपालमा यसको मूल्य २८ लाख ४९ हजार देखि ३७ लाख ६९ हजार ६९ रुपैयाँसम्म पर्छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




