
काठमाडौं, ९ साउन । स्कोडाको नयाँ एसयूभी कुशाक गाडी अब छिट्टै नेपालमा सार्वजनिक गर्ने तयारी भईरहेको छ । यो गाडी नेपालमा आईसकेको भएपनि औपचारीक रुपमा बजारमा पठाईएको छैन ।
गत वैशाखमा ल्याएर सार्वजकि गर्ने भनिएकाे थियाे । तर काेराेनाकाे कारण सरकारले जारि गरेकाे निषेधाले सार्वजिनीकरणकाे कार्रक्रम पछि धकेलिएको हो । स्कोडाको नेपालका लागि आधिकारी बिक्रेता एमएडव्लु इन्टरप्राईजेज प्रालिले आउने सातााबाट कुशाक गाडीको टेष्ट ड्राईभिङ हुने भएको छ ।
कुशाकको नेपालका लागि बुकिङ खुल्ला भने भईसकेको छ । यो गाडी एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन किसिममा पाउन सकिने छ । एसयूभी सेग्मेन्टमा रहेका गाडीहरुबीच टक्कर हुने भएको छ । भारतमा सार्वजनिक नहुँदै चर्चा कमाईसकेको गाडीको सार्वजनिक हुनु पहिले नेपालमा पनि चर्चा हुन थालेको छ । अरु कम्पनीका एसयूभी मोडलका गाडीहरु पनि भएकोले कुशाकले राम्रो छाप बनाउने अपेक्षा गरिएको छ ।
स्कोडा कुशाक गाडी नेपालमा ५ वटा मोडलमा सार्वजनिक हुनेछ । यसको शुरुवाति मूल्य ४९ लाख ९० हजार रहेको छ । एम्बिसनको ५३ लाख ९० हजार रहेको छ । अटोमेटिक ट्रान्समिसनको मूल्य ५८ लाख ९० हजार रहेको छ । यस्तै स्टाइल ट्रान्समिसनको ६० लाख ९० हजार रहेको छ भने अटोमेटिक ट्रान्समिसनको मूल्य ६५ लाख ९० हजार रहेको बताईएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




