
काठमाडौं, १० साउन । प्रभु क्यापिटल लिमिटेडले नयाँ स्किम ल्याएको छ । डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएकोमा डिम्याट सेवा अन्तरगत नयाँ डिम्याट योजना “समर डिम्याट स्किम” आजबाट सञ्चालनमा ल्याएको हो ।
यस योजना अन्तरगत ग्राहकले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयरप्राप्त गर्नेछन् । यो योजना श्रावण ३२ गतेसम्म सञ्चालन हुने भएको छ ।
योजना अन्तरगत प्रभु क्यापिटलमा पहिलै डिम्याट खाता हुने तथा नयाँ डिम्याट खाता खोलेका एवं खाता खोल्नलाई अनलाइनको माध्यमबाट आवेदन गरेका ग्राहकहरुले अरु १० जनालाई यस योजनामा रिफर गरी नयाँ डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि डिम्याट खाता र मेरो शेयर निःशुल्क प्राप्त गर्ने जनाईएको छ ।
प्रभु क्यापिटलले नियमित कार्यालय समय तथा प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेका शाखाबाट यो योजना अन्तरगत डिम्याट खाता खोल्न सक्नेछन् । यसकासाथै प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन https://dematapply.prabhucapital.com बाट समेत डिम्याट खाताको आवेदन दिन सकिने भएको छ ।








ओटावा, ६ मङ्सिर । क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक…
खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को… 




