
काठमाडौं, ६ भदौ । बाइकिङ कल्चरको विकास भईरहेको नेपाली समाजमा नयाँ-नयाँ मोडल मोटरसाईकलहरु भित्रिरहेका छन् । धेरैजसो युवाहरुको आकर्षण मोटरसाईकल तथा स्कुटरमा देखिएको छ । मोटरसाईकलका सौखिन व्यक्तिहरुले अपेडेटेड सिरिजका मोटरसाईकलप्रति निकै चासो लिने गरेका पनि पाईन्छ ।
यसैबीचमा होन्डाले नयाँ मोटरसाईकल ल्याउन लागेको जनाएको छ । होन्डाको सीबि होन्डा एक्स मोटरसाईकल आउन लागेको हो । यो मोटरसाईकल नेपाली बजारमा आगामी दशैंसम्म आउने अपेक्षा गरिएको छ । अहिले भारतीय बजारमा यो मोटरसाईकल सार्वजनिक भईसकेको छ ।
होन्डा सीबि २०० एक्स मोटरसाईकलमा हर्नेट २.० इन्जिन र प्लेटफर्ममा रहेको छ । एड्भेन्चर मोटरसाईकलमा लामो स्क्रिन, हाई ग्राउण्ड क्लियरेन्स, रेज्ड ह्याण्डल बार, सिंगल च्यानल एबीएस, लङ ट्राभल सस्पेन्शन युनिट लगायतका विशेषता रहेका छन् ।
यो माटरसाईकल एड्भेन्चर मोडलको रुपमा ल्याईएको हो । यसमा १२ लिटर इन्धन क्षमता रहेको छ भने प्रतिलिटर ४० किलोमिटर यात्रा गर्न सकिन्छ । नेपालमा यसको मूल्य ४ चार लाखसम्मको हुनेछ ।








काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
इलाम, ५ मङ्सिर। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ हुँदैछ । पर्यटन प्रवर्द्धन…
कञ्चनपुर, ५ मङ्सिर। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारीखेती गर्दै आउनुभएको छ…
भोजपुर, ५ मङ्सिर। भोजपुरमा चिराइतोको मूल्य घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । गत… 




