नाडाको अध्यक्षका प्रत्यासी ध्रुव थापा समूहको पोखरामा अन्तरक्रिया, पाेखरेली अटाे ब्यवसायीकाे साथ थापा प्यानललाई

-



     सफल आवाज    
     मंसिर १२ गते २०७८ मा प्रकाशित



पोखरा, १२ मंसिर । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी मंसिर २३ र २४ गते हुन गइरहेको ४५ औँ साधारण सभा तथा अधिबेशनमा पाेखराका स्थापित अटो ब्यवसायी ध्रुब थापाले नाडाको अध्यक्षमा उमेद्वारी दिने भएका छन। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी अध्यक्षका प्रत्यासी ध्रुव थापा समूहको उमेद्वारहरुको पोखरामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।


‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल व्यवसायीको साझा’ भन्ने मूल नाराका साथ हुन गइरहेको नाडाको आगामी निर्वाचनमा थापा अध्यक्ष पदको उम्मेदवार भएका छन । थापा हिमालय अर्गनाइजेसनका अध्यक्ष समेत हुन । उनी फाेर्स माेटर्सकाे नेपालका लागी आयातकर्ता पनि हुन। अटाेसँगै थापाकाे बैक, रियलस्टेट, हाेटल, कलेज लगायतमा लगानी रहेकाे छ।

४६ बर्षको नाडाको इतिहासमा पहिलोपटक महिला उमेद्वार सहितको प्यानल ध्रुव थापा समूहले सार्वजनिक गर्दै भोट अपिल गरेका छन । कर्पोरेट अटो ब्यबसायी देखी साना ब्यवसायीलाई समेत समेटेर ध्रुव थापा समूहले प्यानल ल्याएकोले यो समुहले चुनाब जित्ने देखिन्छ ।

नाडाको वर्तमान कार्यसमिति सदस्य तथा हाल ध्रुब थापाको टिमबाट उमेद्वारी दिएका अटोमोबाइल ब्यवसायी कपिल शिवाकोटीले सञ्चालन गरेको कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्षका प्रत्यासी थापाले नाडामा हाल देखिएका समस्या, त्यसका समाधानका उपायहरु र टिमको प्रतिबद्धताहरु प्रस्तुत गर्दै भोट अपिल गरेका थिए ।

आफ्नो टिम समाबेशी रहेको जानकारी दिँदै थापाले साना ब्यवसायीदेखि ठूला ब्यवसायी सबैको साथ आफूसँग रहेकोले चुनाबमा सफलता हासिल गर्ने उच्च अपेक्षा राखेको बताएका थिए ।

थापा समूहको चुनावी अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानुन तथा संचारमन्त्री बिन्दु कुमार थापा, पाेखरा उधाेग बाणिज्य संघका कार्यबाहक अध्यक्ष पवन कुमार प्रजापती, नेपाल उधाेग बाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरि, वाडा पोखराका अध्यक्ष मोहनबाबु खड्का, वाडाका पुर्व अध्यक्ष माधब पौडेल लगायतले ध्रुव थापा समूहको प्यानललाई बिजयको सुभकामना दिदैं पोखरा क्षेत्रको प्राय सबैको भोट थापा प्यानलकै पक्षमा आउने बताए । सहभागी अधिकांस पाेखरेली अटाे ब्यबसायीले थापा प्यानललाई सघाउने प्रतिबद्दता समेत जनाएका थिए ।

कार्यक्रममा थापा प्यानेलका आकाश गोल्छा, अमरज्योती रञ्जित, बिएन पाठक, दिपेन्द्र कुमार मिश्र, कपिल सिवाकोटी, नारायणप्रसाद पौडेल, नवराज भुसाल, प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धी कार्की, सगुन बिरसिहं कंसाकार, सञ्जयकुमार खेतान, शुभआसिष थपलिया, यमुना श्रेष्ठ लगायतका उमेद्वारको सहभागिता थियो ।