
काठमाडौं, २० मंसिर । मुलुक विकासको पहरेदारको रुपमा हेरिएको विकासे बजेट अर्थात् पुँजीगत खर्चको अवस्था कछुवा गतिमा देखिएको छ । बजेट विनियोजनमै चालू आवमा चार खर्बभन्दा बढी पुँजीगत खर्च गर्ने लक्ष्य लिएको सरकारले पाँच महिना बित्नै लाग्दा पनि ६ प्रतिशतको हाराहारीमा पनि खर्च गरेको छैन ।
चार खर्ब ३९ अर्ब ६५ करोड ९ हजार पुँजीगत खर्च गर्ने लक्ष्य लिएको सरकारले पाँच महिनाको अवधीमा २४ अर्ब ८९ करोड ४६ लाख मात्रै खर्च गरेको महालेखा नियन्त्रणको कार्यालयले जनाएको छ । तथ्यांकअनुसार एक दिनमा जम्मा ४० करोड रुपैयाँ पुँजीगत खर्च भएको छ ।
महालेखा परीक्षण कार्यालयका प्रवक्ता नवराज ढुंगानाका अनुसार चालू आवको पाँच महिनामा चालू खर्च भने २७.५२ प्रतिशत खर्च भएको छ । १० खर्ब तीन अर्ब ७४ करोड सात लाख रुपैयाँ चालू खर्च गर्ने लक्ष्य लिएको सरकारले पाँचौं महिनामा दुई खर्ब ७६ अर्ब १८ लाख ४१ हजार रुपैयाँ खर्च गरेको छ । वित्तीय खर्च पनि चालू आवको पहिलो पाँचौ महिनामा २१ प्रतिशत भएको छ । एक खर्ब ८९ अर्ब खर्च गर्ने लक्ष्य लिएकोमा ४० अर्ब ३६ करोड ९० लाख रुपैयाँ खर्च भएको उनले बताए ।
वित्तीय खर्च पनि चालू आवको पहिलो पाँचौ महिनामा २१ प्रतिशत भएको छ । एक खर्ब ८९ अर्ब खर्च गर्ने लक्ष्य लिएकोमा ४० अर्ब ३६ करोड ९० लाख रुपैयाँ खर्च भएको उनले बताए ।
त्यस्तै यो अवधीमा ३२ प्रतिशत राजस्व संकलन गरेको छ । ढुंगानाका अनुसार ११ खर्ब ८० अर्ब ६० करोड चार लाख खर्च गर्ने लक्ष्य लिएकोमा पाँचौं महिनामा तीन खर्ब ७७ अर्ब ८५ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन भएको छ । एक दिनमा मात्रै पाँच अर्ब २३ करोड ५६ लाख रुपैयाँ राजस्व संकलन भएको हो ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




