नाडाको नयाँ नेतृत्व चयनका लागि थापा र चौधरी भिड्दै

-



     सफल आवाज    
     मंसिर २३ गते २०७८ मा प्रकाशित



काठमाडौं, २३ मंसिर । नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आगामी नेतृत्वको मतदान भइरहेको छ । सोल्टी होटलमा बिहान ८ बजेदेखि भइरहेको मतदानमा दुई समूहले प्यानल बनाएर प्रतिस्पर्धा गरेका छन् । नाडाका तीन हजार २१६ जना मतदाताले नयाँ कार्यसमितिका लागि मतदान गर्दैछन् ।

नाडाको आगामी अध्यक्षको लागि सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरी र फोर्स मोटरको नेपालको आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापाको प्यानलबीच प्रतिस्पर्धा छ ।

करण चौधरीको प्यानलबाट अनुपकुमार बराल, सुरेन्द्रकुमार उप्रेती, बिक्रम सिंघानीया, देवराज भण्डारी, गोपाल भट्टराई, राजनबाबु श्रेष्ठ, पंकज अग्रवाल र राजेन्द्र अग्रवाललाई कार्यसमिति सदस्यका लागि प्यानलमा राखेका छन् । त्यस्तै वर्ण न्यौपाने, सुनिल रिजाल, बरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, अभिक ज्योति, मिलनबाबु मल्ल, निलमणी पाठक, र गंगाराज भट्टराई पनि सदस्यका प्रत्यासी छन् । ध्रुब थापाको प्यानलमा हालका कार्य समितिमा रहेका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया पनि छन् । नमुना श्रेष्ठ, अमरज्योति रञ्जित, बीएन पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, प्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बिएस कंसाकार र सञ्जय खेतान पनि थापाको प्यानलबाट कार्यासमिति सदस्यको प्रतिस्पर्धामा छन् ।