
काठमाडौं २४ मङ्सिर । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा दुई जना विरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
सिन्धुपाल्चोक घर भइ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–२ बस्ने सत्यम शिवम कन्सट्रक्सन प्रालिका सञ्चालकद्वय रामकुमार प्याकुरेल र सङ्गिता कुमारी झा विरुद्ध मुद्दा चलाइएको हो । उनीहरुमाथि रु ५० लाख ७६ हजार विगो बराबरको राजस्व छली गरेको आरोप छ ।
वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको दावी छ । मुल्य अभिवुद्धि करतर्फ र रु १६ लाख ७७ हजार र आयकरतर्फ ३४ लाखसमेत गरी ५० लाख ७६ हजार राजस्व चुहावट गरेको खुलेको विभागले उल्लेख गरेको छ ।
विगो असुल उपर गरी विगो बराबरको जरिवाना तथा तीन वर्ष कैद सजायको माग दावी लिई मुद्दा दायर गरिएको विभागले एक सूचना जारी गरी जनाएको छ ।








ओटावा, ६ मङ्सिर । क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक…
खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को… 




