कर्पोरेट घरानाका करणलाई पछी पार्दै नाडा अध्यक्षमा पोखराका ध्रुब थापा विजयी (मतपरिणाम सहित)

-



     सफल आवाज    
     मंसिर २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ मंसिर । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा पोखराका ध्रुव थापा विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्दी करण कुमार चौधरीलाई ६६ मत अन्तरले पछि पार्दै थापा निर्वाचित भएका हुन ।

शुक्रबार बिहान साढे १ बजे प्राप्त मतपरिणाम अनुसार थापाले १ हजार ४१३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी चौधरीले १ हजार ३४७ मत प्राप्त गरे ।

साधारण सदस्यहरुमा आकाश गोल्छाले १ हजार ३३९ मत ल्याएर विजयी भएका छन् । निराकार श्रेष्ठले १ हजार ३६४, कपिल शिवाकोटीले १ हजार ३४८, प्रदीपमान प्रधानले १ हजार ३४६, यमुना श्रेष्ठले १ हजार ३५५ मत ल्याएर विजयी भएका छन् ।

यस्तै राजनबाबु श्रेष्ठले १ हजार ४५७, सुनिल रिजालले १ हजार ४०२, सुरेन्द्र कुमार उप्रेती “शुरेस” ले १ हजार ४३२, अनुप कुमार बरालले १ हजार ४६३ मत ल्याएर विजयी भएका छन् ।

यस्तै विक्रम सिंधानीयाले १ हजार ३७१, नीलमणी पाठक “राम”ले १ हजार ३५४, प्रकाश कपुरीले १ हजार ३७९ मत, मिलन बाबु मल्लले १ हजार ४६५, अभिक ज्योतीले १ हजार ३८३, पंकज अग्रवालले १ हजार ३३४ मत, बरदान बस्नेतले १ हजार ३५० मत र गोपाल भट्टराईले १ हजार ३६५ मत ल्याएर विजयी भएका मुख्य निर्वाचन अधिकृत अधिवक्ता वालकृष्ण ढकालले जानकारी दिएका छन् ।

संस्थागत सदस्यतर्फ भने सबै निर्बिरोध निर्वाचित भएका छन् । संस्थागततर्फ पोखराका मोहनबाबु खड्का, तेज नारायण साह, शुभाष आचार्य, पुष्करराज ओझा, गणेशप्रसाद भट्टराई, सुरेश कुमार श्रेष्ठ र भद्र भण्डारी निर्विरोध निर्वाचित भएका हुन् ।