जगदम्बा मोटर्सद्वारा भरतपुरमा ‘टीभीएस रेडर’ सार्वजनिक

-



     सफल आवाज    
     मंसिर २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ मंसिर । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले चितवनको भरतपुरमा टीभीएस रेडर सार्वजनिक गरेको छ । युवालाई लक्षित गरी १२५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको प्रालिले जनाएको छ ।

सप्तरंग ३ का हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायक रामकृष्ण ढकाल, बद्री पङ्गेनी, गायिका मिलन नेवार, अस्मिता अधिकारीको उपस्थितिमा एक्स्क्लयूजिव शोरुमबाट टीभीएस रेडर मोटरसाइकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।