बुटवलमा १२५ सीसीको ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक

-



     सफल आवाज    
     पौष १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ पुस । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले बुटवलमा युवालाई लक्षित गरी १२५ सीसी श्रेणीअन्तर्गत अत्याधुनिक फिचर्सको नयाँ मोटरसाइकल, टीभीएस रेडर सार्वजनिक गरेको छ ।

गायक रामकृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारी, हाँस्य कलाकार राजाराजेन्द्र पोखरेल लगायतको उपस्थितिमा एक्स्क्लयूजिव शोरुमबाट टीभीएस रेडर मोटरसाइकल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।