
काठमाडौं, ६ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएको छ । छापावाला सुनमा यसदिन रुपैयाँ ८०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा एकैदिन रुपैयाँ ८०० ले घटेर प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको भाउमा यसदिन रुपैयाँ १० ले गिरावट भई प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।








ओटावा, ६ मङ्सिर । क्यानडा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को इनोभेसन कोष (एनआईएफ) मा औपचारिक…
खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को… 




