
काठमाडौं, ७ पाैष । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ कार्यसमितिका पदाधिकारीहरू बुधबार चयन भएका छन । नाडाका अध्यक्ष ध्रुव थापाका अनुसार उपाध्यक्षमा राजनबाबु श्रेष्ठ, सुनिल रिजाल र निराकर श्रेष्ठ तथा संस्थागत उपाध्यक्षमा सुवास आचार्य र मोहनबाबु खड्का निर्वाचित भएका छन् । महासचिवमा सुरेन्द्र कुमार उप्रेती र कोषाध्यक्षमा मिलनबाबु मल्ल निर्विरोध निर्वाचित भएका छन् । सचिवमा बिक्रम सिंघानिया र सहकोषाध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएका छन् ।
उपाध्यक्षको निर्वाचनमा रिजाल र निराकर श्रेष्ठले बराबर मत ल्याएपछि नाडा कार्यसमितिमा एक -एक वर्ष कार्यकाल बाड्ने सहमति भएको छ । पहिलो वर्ष रिजाल र दोस्रो वर्ष श्रेष्ठले उपाध्यक्षमा बस्ने सहमति भएको अध्यक्ष थापाले बताएका छन ।
सदस्यहरूमा आकाश गोल्छा, प्रकाश कपुरी, अभिक ज्योति ,अनुपकुमार बराल,कपिल शिवाकोटी, निलमणी पाठक, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, बरदान बस्नेत र गोपाल भट्टराई रहेका छन ।
सस्थागत सदस्यमा प्रदेश २ जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका तेजनारायण साह, प्रदेश ३ हेटौडा अटोमोवाइल्स एशोसिएशन का सुदेशकुमार श्रेष्ठ, प्रदेश ५ लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका गणेश भट्टराई, प्रदेश ६ कर्णाली अटोमोवाइल्स एशोसिएशन नेपालका भद्र भण्डारी र प्रदेश ७ सुदूर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका पुष्कर ओझा चयन भएका छन ।
अध्यक्ष थापाले जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाल, हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यू गोल्छा र स्याकार ट्रेडिङका सोहनलाल श्रेष्ठलाई सदस्यमा मनोनित गरेका छन। आमन्त्रित सदस्यमा निशान ढकाल र अमृत जोशी छन ।












नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




