
कास्कीको माछापुच्छे«मा शुक्रबार बिहान गएको पहिरोमा ३ जनाको ज्यान गएको छ ।
माछापुच्छे« गाउँपालिका वडा ८, खोराको पाखावस्तीका प्रेमराज बिकको घरको एउटा कोठा घरमाथिबाट खसेको पहिरोले पुरिँदा उनका ३ जना नातिनातिनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मृत्यु हुनेमा १६ वर्षीया रोजिना बिक, १६ का कुशल विक र १४ का समीर बिक छन् ।
मूल घरमा ७० वर्षीय प्रेमराज र उनकी श्रीमती सुतेकोमा नातिनातिना भने घरसँगै जोडिएको कोठीमा सुतेका थिए । गएराति देखि परेको अविरल वर्षाका कारण शुक्रबार बिहान साढे ५ बजे पहिरो खसेको हो । पहिरो करिब २० मिटर जति रहेको गाउँपालिका वडा ८ का वडाध्यक्ष कृष्ण दवाडीले जानकारी दिए ।
घटनापछि स्थानीय र प्रहरीको सहयोगमा पहिरोमा पुरिएकाहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष हमालले बताए ।








खोटाङ, ६ मङ्सिर। शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’…
काठमाडौं, ६ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय…
काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।… 




