दोल्ती पावर कम्पनीले आइपीओ जारी गर्ने

-



     सफल आवाज    
     माघ २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ माघ । दोल्ती पावर कम्पनी लिमिटेडले साधारण सेयर आइपीओ जारी गर्ने भएको छ ।

४.५ मेगावाटको दोल्ती पावर कम्पनी लिमिटेडको स्थानीयबासी तथा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरुसहित) साधारण सेयर जारी गर्न लागेको हो ।

कम्पनीले सार्वजनिक निष्कासन गर्नको लागि एनआइसी एसिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ । बिहीबार द्धिपक्षीय सम्झौता सम्पन्न गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जानकारी दिए ।