जगदम्बा मोटर्सको भ्यालेन्टाइन डे अफर

-



     सफल आवाज    
     माघ २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ माघ । जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्नो सम्पूर्ण टीभीएस् स्कुटरमा ‘कनेक्ट टु लभ’ योजना ल्याएको छ । जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआई, स्मार्ट स्पोर्टी स्कुटर एन्टर्कलगायत बिकी वितरण गर्दै आइरहेको छ ।

स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो । यस योजनाको थिम ‘लभ इज जस्ट अ कल अवे’ रहेको छ । यस योजनाअन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँ टीभीएस स्कुटर खरिदमा ६ हजार रूपैयाँसम्मको स्येर सट नगद छुटको साथै हरेक दिन लक्की ड्रमार्फत् एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउने कम्पनीले जनाएको छ ।

लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमार्फत हुनेछ । यस योजनाअन्तर्गत ग्राहकहरुले ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।