कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुग्यो, एकैदिन थपिए १२०४

-



     सफल आवाज    
     असाेज ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ असोज । कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रादलयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारसम्म कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । कोरोनाबाट थप ११ जनाको मृत्यु भएको समेत उनले जानकारी दिए । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।

यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको गौतमले बताए ।