नेप्सेमा ४ कम्पनीको १ करोड १० लाख ५९ हजार कित्ता सेयर सूचीकृत

-



     सफल आवाज    
     वैशाख २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ बैशाख । नेपाल स्टक एक्सचेन्जमा पछिल्लो क्रममा ४ कम्पनीको गरेर १ करोड १० लाख ५९ हजार कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार तीनवटा कम्पनीको बोनस सेयर तथा एकको ऋणपत्र सूचीकृत भएको हो ।

महालक्ष्मी विकास बैंक : यस बैंकको २० प्रतिशत बोनस बापत ६६ लाख ८४ हजार ८०५.४५ कित्ता सेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट बैंकका सेयरधनीहरुलाई २१.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको थियो ।

इन्फिनीटी लघुवित्त : इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको २७.७० प्रतिशत बोनस बापत ८ लाख ९९ हजार ९८.१२७३ कित्ता सेयर नेप्सेमा सूचीकेत भएको छ । आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट २७.७० प्रतिशत बोनस तथा करको प्रयोजनार्थ १.४६ प्रतिशत नगद लाभांशसहित २९.१६ प्रतिशत लाभांश वितरणको प्रस्ताव भएको थियो ।

सिभिल बैंक : यस बैंकको ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृतभएको छ । बैंकले गएको मंसिर १४ देखि पुसको ७ गतेसम्म १० वर्षे १०.२५ प्रतिशत ब्याजदरको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।

सूर्योदय लघुवित्त वित्तीय संस्था : यस लघुवित्तको २० प्रतिशत बोनस बापत ४ लाख ९६ हजार ८५.८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको आर्थिक वर्ष २०७७÷०७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको थियो ।