सुनको मूल्य घट्यो

-



     सफल आवाज    
     असाेज ६ गते २०७७ मा प्रकाशित



काठमाडैं, ६ असोज । सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार सुनको मूल्य तोलामा ९७ हजार २ सय रहेकोमा आज मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।