
काठमाडौं, १५ वैशाख । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले रुस र युक्रेनबीच जारी युद्धका कारण महँगी बढ्ने बताएका छन् ।
कोरोना खोपका कारण अर्थतन्त्र केही सहज भए पनि रुस र युक्रेनबीचको युद्धका कारण महंगी बढ्ने उनले बताएका हुन् ।
नेपाल राष्ट्र बैंकको ६७औं स्थापना दिवसको अवसरमा बोल्दै गभर्नर अधिकारीले कोरोनाका कारण समस्यामा परेको अर्थतन्त्रलाई बलियो बनाउन लचिलो मौद्रिक नीति ल्याएको दाबी गरे ।
उनले चालु आर्थिक वर्षको शुरुदेखि नै विदेशी विनिमय सञ्चिति घटेको भन्दै विदेशी लगानी र विदेशी मुद्रा अर्जन सहज बनाउन नीतिगत व्यवस्था गरेको बताए ।
घर जग्गा, सेयर धितो कर्जालगायत विभिन्न कर्जाको जोखिम भार बढाएको पनि जानकारी गराए ।
उनले तरलतामा देखिएको समस्या समाधानका लागि ४१३ अर्ब रुपैयाँ रिपो जारी गरेको र अहिलेसम्म करिब ६ खर्ब बैकलाई तरलता प्रवाह गरेको जानकारी गराए ।
अधिकारीले कोरोनाले पारेको असर कम गर्न बैंकले आवश्यक प्रकृया पूरा गरी ऋण नवीकरण गर्न पाउने व्यवस्था गरेको बताए । यस्तै, बैंक तथा वित्तीय संस्थाले ३० प्रतिशतमात्रै नगद लाभांश दिन पाउने व्यवस्था गरेको जानकारी गराए ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




