एनआरएनएको विश्व विज्ञ सम्मेलन अक्टोवरमा

-



     सफल आवाज    
     वैशाख १८ गते २०७९ मा प्रकाशित



काठमाडौं, १८ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विश्व विज्ञ सम्मेलन आगामी अक्टोवर महिनामा हुने भएको छ।

संघको शनिवार बसेको बैठकले एनआरएनए विज्ञ सम्मेलन तथा साधारणसभा अक्टोवर ८ देखी १० तारिखसम्म काठमाडौँमा गर्ने निर्णय गरेको संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए।

सापकोटाका अनुसार बैठकले संघको आगामी १८ महिनाको कार्यविधि तयार गर्न संघका उपमहासचिव रामशरण सिम्खडा र नारायण काफ्लेलाई दिने निर्णय गरेको छ। बैठक संघका उपाध्यक्ष डा. हेम राज शर्माको संयोजकत्वमा गठित समितिद्वारा प्रस्तुत बहुपदीय कार्यविधिलाई सर्वसम्मतले पारित गरेको छ।

यस्तै बैठकले सबै क्षेत्रीय संयोजहरूलाई संघको पदाधिकारी बैठकमा पर्यवेक्षकको रुपमा सहभागी हुन दिने निर्णय गरेको छ। बैठकले संघको उम्मेदवारी शुल्क नतिर्ने पदाधिकारी र सदस्यता शुल्क नतिर्ने राष्ट्रिय समितिहरूलाई १५ दिनभित्र शुल्क तिर्न निर्देशन दिने निर्णय गरेको छ।