
काठमाडौं, २० वैशाख । राजश्व अनुसन्धान विभागले राजश्व छली गर्नेहरूविरुद्धको अनुसन्धानलाई तिव्रता दिएको छ । सोमवार विभागले नक्कली भ्याट बनाएर राजश्व छल्ने २ फर्मका सञ्चालकहरू विरुद्ध १९ करोड ३४ लाख ६५ हजार १ सय २० रुपैयाँ असुल गरी कैद सजायको मागदाबीसहित मुद्दा दायर गरेको छ ।
भक्तपुर सूर्यविनायक–१० देउजागाउँ स्थायी बसोबास भएका एभरेस्ट यति इन्टरनेसनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध सोमवार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
उनीहरूले गलत तरिकाले मूल्य अभिवृद्धि कर (भ्याट) विजक खरिद गरी राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
अनुसन्धानको क्रममा उनीहरूले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त नक्कली तथा झुठा मूल्य अभिवृद्धिकर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार पारी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धिकर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।
यी दुवै जना सेयरधनी भएको एभरेस्ट यति इन्टरनेसनलले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा भ्याट बिल खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार गरी प्रचलित आयकर ऐन तथा मूल्य अभिवृद्धि कर ऐन तथा नियमबमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको गरेको विभागको आरोप छ ।
विभागका अनुसार राजस्व छलीमा संलग्न दीपकुमार देउजा र अचला थापा देउजाले मूल्य अभिवृद्धि करतर्फ ३ करोड ४० लाख १८ हजार रुपैयाँ र आयकरतर्फ ६ करोड २७ लाख १४ हजार ५ सय ६० रुपैयाँ गरी कुल ९ करोड ६७ लाख ३२ हजार ५ सय ६० रुपैयाँ राजस्व छलेका थिए ।
यसरी छली भएको राजस्व रकममा शतप्रतिशत जरिमाना र कैद सजाय मागदाबीसहित उनीहरूविरुद्ध कुल १९ करोड ३४ लाख ६५ हजार १ सय २० रुपैयाँको मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
गत वैशाख ४ गते विभागले भन्सार छली गर्ने विभिन्न फर्मका सञ्चालकहरू विरुद्ध ४२ करोड ४ लाख ७६ हजार ७ सय ४६ रुपैयाँको मुद्दा दायर गरेको थियो ।
विभागका महानिर्देशक प्रकाश पौडेलले राजस्व छल्नेहरूविरुद्धको निगरानी तथा अनुसन्धानको क्रमलाई तीव्र बनाइएको जानकारी दिए । उनले अनुसन्धान तीव्र बनाएसँगै अहिले राजस्व छलीमा संलग्नहरूमाथि धमाधम मुद्दा दायर भइरहेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




