
काठमाडौं, २२ वैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंकको ब्याजदर अझै बढ्ने बताएका छन् । बुधबार चार्टर्ड एकाउन्टेन्ट्स संस्था अफ नेपाल (आईक्यान)ले आयोजना गरेको लेखा व्यवसायी सम्मेलनमा अधिकारीले बैंकको ब्याजदर बढ्ने बताएका हुन ।
अहिलेको आर्थिक अवस्थाले पनि बैंकको ब्याजदर बढ्नेतर्फ संकेत गरे । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव बढेको र त्यसले ब्याजदरमा असर पारेको उनको भनाइ छ । अधिकारीले बैंक ब्याजदर अहिलेको भन्दा बढी नै हुने दाबी गरे । उनले बैंक ब्याजदर बढेसँगै नीतिगत ब्याजदर बढाउने संकेत गरे ।
राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दै नीतिगत ब्याजदर २ प्रतिशत बढाएको स्मरण पनि गराए । कार्यक्रममा उनले आयातमा प्रतिबन्ध लगाउने र एलसीमा नगद मार्जिन राख्ने व्यवस्था गरेको भएपनि यो दीर्घकालिन नहुने बताए । देशको अर्थतन्त्र जोगाउनका लागि भन्दै ब्याजदर बढाउन आवश्यक रहेको उनको तर्क छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




