
काठमाडौं, २२ वैशाख । वाणिज्य बैंकहरुमा एक सातामा १ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन भएको छ । बैंकर्स संघका अनुसार एक साताको अवधिमा बैंकिङ प्रणालीमा जम्मा १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यो अवधिमा कर्जा प्रवाह भने ३ अर्ब रुपैयाँ भएको छ ।
संघका अनुसार बैशाख ९ गतेसम्म ४३ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा एक साताको अवधिमा १ अर्ब रुपैयाँ थपिएर १६ गतेसम्म आइपुग्दा निक्षेप ४३ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । वैशाख ९ गतेसम्म बैंकबाट ४१ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो । संघका अुनसार वैशाख १६ गतेसम्म बैंकको कर्जा-निक्षेप अनुपात (सीडी) रेसियो ९०.९९ प्रतिशत रहेको छ ।






काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म… 



