जेठबाट शुक्रबार पनि हुनेछ सेयर कारोबार

-



     सफल आवाज    
     वैशाख २८ गते २०७९ मा प्रकाशित



काठमाडौं, २८ वैशाख ।आगामी जेठबाट सोमबारदेखि शुक्रबारसम्म नै सेयर कारोबार हुने भएको छ ।

हाल आइतबारदेखि बिहीबारसम्म कारोबार हुँदै आएकोमा सरकारले जेठदेखि आइतबार सार्वजनिक बिदा दिएसँगै नेप्सेले यो नयाँ निर्णय गरेको हो । जेठपछि शनिबार र आइतबार सेयर किनबेच बन्द हुनेछ ।

नेप्से सञ्चालक समितिले जेठबाट पनि साबिककै समय अर्थात ११ देखि ३ बजेसम्म नै कारोबार गर्ने निर्णय गरेको हो । यसले हाल कारोबार हुादै आएको दिनमा कमी आउने छैन । यसका लागि सिस्टम तयार भइसकेको नेप्सेले जनाएको छ ।