
काठमाडौं, २८ वैशाख । अनलाइन सेयर कारोबार (टीएमएस) का लागि ‘युजरनेम र पासवर्ड’ दिएबापत ब्रोकरले लगानीकर्ताबाट शुल्क उठाउन पाउने व्यवस्था हुने भएको छ ।
लगानीकर्तालाई आर्थिक भार पर्नेगरी अनलाइन सेयर कारोबारबापत हरेक लगानीकर्ताबाट वार्षिक १ सय रुपैयाँ उठाउन पाउने नीतिगत व्यवस्था नियामक निकाय धितोपत्र बोर्डले गरेको हो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र कारोबार सञ्चालन तेस्रो संशोधन विनियमावली, २०७९’ मा ब्रोकरले उक्त शुल्क उठाउन पाउने व्यवस्था गरिदिएको हो ।
धितोपत्र बोर्डले पारित गरेपनि उक्त व्यवस्था कार्यान्वयनका लागि नेप्सेले निर्देशन दिनुपर्छ । उक्त व्यवस्था हालसम्म कार्यान्वयनमा आएको छैन ।
बोर्डले स्वीकृत गरेको विनियमावली कार्यान्वयनका लागि नेप्सेलाई निर्देशन दिइसकेको छ । अब कार्यविधि निर्माण गरेर कार्यान्वयनका लागि निर्देशन दिने नेप्सेले जनाएको छ ।
अनलाइन कारोबारका लागि लगानीकर्तालाई ‘युजरनेम पासवर्ड’ दिएबापत ब्रोकरले हरेक लगानीकर्ताबाट वार्षिक १ सय रुपैयाँ शुल्क उठाउन पाउने सुविधा पनि विनियमावलीमा गरिएको हो ।
‘कारोबार सदस्यले कारोबार व्यवस्थापन प्रणाली मार्फत ग्राहकलाई अनलाइन सेवा प्रदान गरेबापत प्रत्येक ग्राहकबाट वार्षिक बढीमा १ सय रुपैयाँका दरले सेवा शुल्क लिन सक्नेछ,’ विनियमावलीमा उल्लेख छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




