अब बीमा कम्पनीहरू पनि सातामा २ दिन बन्द रहने

-



     सफल आवाज    
     वैशाख २९ गते २०७९ मा प्रकाशित



काठमाडौं, २९ वैशाख । बीमा कम्पनीहरू अब आइतबार पनि बन्द हुने भएका छन् । सरकारले आगामी १ गतेदेखि साताको २ दिन बिदा दिने भएपछि बीमा कम्पनीहरू आइतबार पनि बन्द हुने भएका हुन् ।

बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितिले साताको शनिबार र आयतबार दुबै दिन बिदा दिनका लागि बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । यसअघि बीमा कम्पनीहरू शनिवारमात्रै बिदा हुँदै आएका थिए ।

समितिको निर्देशनसँगै अब सातामा २ दिन शनिवार र आइतवार बीमा कम्पनीहरू बन्द हुने छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सरकारले निर्णय गरेर राजपत्रमा प्रकाशन नै गरिसकेकाले कार्यान्वयन गराउनका लागि बीमा कम्पनीहरुलाई निर्देशन दिइएको जानकारी दिए ।