मतदानको निर्धारित समय सकियो, लाइन बसेकाले मतदान गर्न पाउने 

-



     सफल आवाज    
     वैशाख ३० गते २०७९ मा प्रकाशित



काठमाडाैं,३० बैशाख । निर्वाचन आयोगले ताेकेकाे मतदानको निर्धारित समय ५ बजेबाट सकिएको छ।  आयोगले शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने समय तोकेको थियो। तर, ५ बजेभित्र लाइनमा बसेकाले भने मतदान गर्न पाउने आयोगले जानकारी दिएको छ।  

देशभरका सबै ७५३ पालिकामा शुक्रबार स्थानीय तहको निर्वाचन भएको छ। निर्वाचनमा ५ बजेसम्म करिब ५६ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले अहिलेसम्म ताप्लेजुङ, खोटाङ, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर, रौतहट, बारा, दाङ, कालिकोट, हुम्लालगायतका जिल्लाका केही मतदान केन्द्रमा मतदान अवरुद्ध भएको बताएकाे छ।

  राजनीतिक दलका कार्यकर्ताहरूबीच झडप भएपछि ती मतदान प्रक्रिया अवरुद्ध भएका हुन्। केही स्थानमा अर्को दिन मतदान गर्ने गरी स्थगित भएको छ।