प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा वर्षाको सम्भावना

-



     सफल आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित



काठमाडाैंं, १ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु र भारतको विहार, पश्चिम बंगाल आसपासमा रहेको न्युन चापीय रेखाको सामान्य प्रभाव रहेको जनाएकाे छ ।

प्रदेश नं १, मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली रही  बाँकी भुभागमा मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं १ र मधेश प्रदेशका  एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।

जेठ १ गते (आइतवार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेशमा, गण्डकी प्रदेश  र अन्य प्रदेशका पहाडी  भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश,  गण्डकी  प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन /चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जेठ २ गते (सोमवार)

दिउँसो : प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश  र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश,  गण्डकी  प्रदेश र लुम्बिनी प्रदेशका थोरै  स्थानहरुमा साथै कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १ र  गण्डकी   प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र  गण्डकी  प्रदेशका थोरै स्थानहरुमा साथै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई  मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जेठ ३ गते (मंगलवार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश नं १ र मधेस प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र मधेश प्रदेश लगायत गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भुभागका थोरै स्थानहरुमा  मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

प्रदेश नं १, बागमती प्रदेश,  गण्डकी  प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै कर्णाली प्रदेश र सुदुरपश्चिमी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेकाे छ ।