यस्तो छ एमाले र कांग्रेसबीचको टक्कर

-



     सफल आवाज    
     जेठ १ गते २०७९ मा प्रकाशित



काठमाडौं, १ जेठ । देशभरको चुनावि नतिजालाई हेर्ने हो भने नेकपा एमाले तथा नेपाली कांग्रेसबीच टक्कर देखिएकाे छ ।उनीहरू बराबरी जितको हैसियतमा देखिएका छन् ।

नेकपा एमालेले हालसम्म ८ स्थानको प्रमुखमा जित, ७ स्थान उपप्रमुखमा जित हाँसिल गरेको छ । १७६ स्थानमा अग्रता कायम गरेको छ ।

नेपाली कांग्रेसले ८ प्रमुखमा जित, ७ उपप्रमुखमा जित निकालेको छ भने २२६ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले ३ स्थानमा प्रमुख र ३ स्थानमा उपप्रमुख जितेको छ । माओवादी १०० स्थानमा अगाडी देखिएको छ ।

जसपा १५ स्थानमा अगाडी देखिएको । एकिकृत समाजवादी २ स्थान प्रमुखमा जित, २ स्थानमा उपप्रमुखमा जित र ११ स्थानमा अगाडी रहेको छ ।