
काठमाडौं, २ जेठ । बीमा कम्पनीहरू विरुद्ध उजुरीको चाङ लागेको छ । बीमा कम्पनीहरूको नियमनकारी निकाय बीमा समितिले बीमितले दर्ता गराएका उजुरीमध्ये ९४ वटा उजुरीको फैसला गरेको छ ।
समितिले बीमा कम्पनीविरूद्ध बीमितले दर्ता गराएका उजुरीमध्ये ९४ वटा उजुरीको फैसला गरेको हो । बिमितले दिएका बीमा दाबी सम्बन्धी उजुरीहरूलाई प्राथमिकताका साथ निर्णय प्रक्रियामा सामेल गरी ती उजुरीलाई किनारा लगाइएको समितिले जनाएको छ ।
चालु आवको हालसम्ममा समितिमा २८८ वटा मुद्दा दर्ता भएका छन् । समितिले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म समितिमा दर्ता भएका र फैसला हुन बाँकी कुल २८८ उजुरीमध्ये बीमक र बीमितबीच आपसी सहमति तथा मेलमिलापबाट ९४ वटा उजुरीको किनारा लगाएको हो ।
समितिका अनुसार बीमितले कम्पनीविरूद्ध दर्ता भएका १९४ वटा मुद्दा किनारा लाग्न बाँकी छन् । बिमितले कम्पनीले गरेको दाबी भुक्तानीमा चित्त नबुझेमा ती कम्पनीविरूद्ध बीमा समितिमा गई उजुरी दिन सक्ने व्यवस्था छ ।
बीमा ऐन, २०४९ ले बीमा समितिलाई बीमित र बीमकको बीचमा उत्पन्न हुने बीमा सम्बन्धी विवादमा मध्यस्थता गर्ने एवं बीमा दायित्व निर्धारणका सम्बन्धमा बीमकका विरूद्ध बीमितले दिएको उजुरीमाथि निर्णय गर्ने अर्धन्यायिक निकायका रूपमा स्थापना गरेको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




