
काठमाडौं, ५ जेठ । बुधवार दिउँसो प्रतिनिधि सभामा बजेटका सिद्दान्त र प्राथमिकता विधेयकमाथि छलफल भइरहेको थियो ।
छलफलमा नेकपा एमालेका नेता खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा किन नगरेको भन्दै प्रश्न गरे ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले पूनर्बहाली गरेपछि अर्थमन्त्री शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा किन त्यस्तो नभएको भन्दै नेता अधिकारीले प्रश्न गरेका हुन् ।
‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निकाल्नु भयो, फेरि उहाँ पूनर्बहाली पनि हुनुभयो, ऊ बेलामा महेश आचार्यले त राजीनामा दिनु भएको थियो तर उहाँ त यही हुनुहुन्छ त ?’ अर्थमन्त्री शर्मातर्फ इंकित गर्दै उनले भने, ‘यसरी सुशासन कायम हुन्छ ?’
उनले जलस्रोत, दातृ निकायलगायतका विषयमा राष्ट्रिय सहमति आवश्यक भए पनि अर्थमन्त्रीका रुपमा शर्माले नियम तोडिरहेको समेत बताए बताए ।
‘गठबन्धनका नाममा धावा बोलेर अर्थतन्त्रका नियम तोड्दै हुनुहुन्छ, कार्यकर्ताको भर्ती केन्द्र बनाउने अनि वित्तीय संस्था र संवैधानिक निकायमाथि धावा बोलेर ब्रम्हलुट गर्न खोज्ने ?’ उनले भने, ‘अर्थमन्त्री शर्माले वित्तीय अनुशासनका आधारभूत नियम तोडिरहनु भएको छ ।’
उनले अर्थमन्त्री शर्मा बदनाम भइरहेको समेत आरोप लगाए ।
‘तपाईंका अर्थतन्त्रका नियम बुझेर वा नबुझेर हो नियम तोड्दै हुनुहुन्छ र तपाईंका क्रियाकलापले तपाईं अन्तर्राष्ट्रिय स्तरमा बदनाम कमाउँदै हुनुहुन्छ,’ उनले भने ।
प्रतिनिधि सभामा बजेटको प्राथमिकताबारे छलफल भइरहेको समयमा नेता अधिकारीले राखेको यो प्रश्नको जवाफ भने अर्थमन्त्री शर्माले दिएनन् ।
उनले बजेटमा राखिने प्राथमिकताका विषयहरूबारे सरसर्ती जानकारी मात्रै प्रतिनिधि सभामा दिएका थिए ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




