सांग्रिला बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीमा २० प्रतिशतसम्म विशेष छुट पाउने

-



     सफल आवाज    
     जेठ ६ गते २०७९ मा प्रकाशित



काठमाडौं, ६ जेठ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत देश भरी छरिएका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । आज एक समारोहका विच उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिटकार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिट्यालिटी अन्तरगत देशभरीका विभिन्न होटल, रेष्टुरेन्ट तथा क्याफेहरुमा खाना तथा पेयपदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

यस बैंकको हाल मुलुकभर ११२ शाखा कार्यालयहरु, ३२ एटियम रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको जनाइएको छ ।