
पोखरा, ७ जेठ । नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकी प्रदेश समितिको छैटौ प्रदेश अधिवेशन पोखरामा सम्पन्न भएको छ । अडानका केन्द्रिय महासचिव झलकमणी लम्सालको संयोजकत्वमा बनेको ३ सदस्यीय निर्वाचन समितिले गरेको र्निवाचनबाट पदमबन्धु पोखरेलको अध्यक्षतामा १८ सदस्य कार्यसमिति निर्वाचित गरेको नव निर्वाचित सचिव पदम जि.सी.ले जानकारी दिएका छन ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका परिषद सदस्य तथा समितिका अध्यक्ष केश बहादुर के.सीको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो । प्रमुख अतिथी अडानका केन्द्रिय अध्यक्ष मोहन राज रेगमीले उद्घाटन गरेको उक्त सभामा समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष ०७७÷०७८ को बार्षिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो ।

समितिका सचिव पदमबन्धु पोखरेलले सञ्चालन गरेको उक्त सभामा, उपस्थित अतिथीहरुले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाद्धारा जारी नेपाल लेखामान अनुसार लेखापरीक्षण गर्न सदस्यहरुलाई आवश्यक तालिम उपलब्ध गराउने र लेखापरीक्षक सदस्यहरुले कर्तब्यनिष्ठ भई लेखापरीक्षण कार्य गरि लेखा ब्यवशायलाई एक सम्मानित पेशाको रुपमा लिनु पर्ने सुझाब दिएका थिए ।






काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले…
काठमाडौं, ९ मङ्सिर । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेर…
वासिङ्टन, ९ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य अभियान सञ्चालन गर्न आगामी जनवरीसम्म…
काठमाडौं, ९ मङ्सिर । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात तथा बिक्री वितरण… 



